२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनलमा पुग्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ अन्तर्गत दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ ।

फाइनलमा स्थान पक्का गर्न आयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार ३ः४५ बजे सुरु हुनेछ । सिड्नी ओलम्पिक स्टेडियममा घरेलु दर्शकको समर्थनको फाइदा उठाउँदै अष्ट्रेलिया फाइनलमा पुग्न चाहन्छ ।

यता, घरेलु मैदानमै अष्ट्रेलियालाई स्तब्ध पार्दै इंग्लाण्ड पनि तेस्रोपटक सेमिफाइनलमा स्थान बनाउने मनसायका साथ मैदानमा उत्रनेछ ।

क्वाटरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, अष्ट्रेलियाले फ्रान्सलाई पेनाल्टीमा ७–६ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग खेल्नेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई २–१ गोलले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो । यस्तै, आजको खेलको पराजित टोलीले स्वीडेनसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।