६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले सन्यास लिएको तीन वर्ष पूरा



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएको आज तीन वर्ष पूरा भएको छ । धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

विकेटकिपर–ब्याट्सम्यानले इन्स्टाग्राममा एक भिडियो साझा गर्दै पोस्टको क्याप्शनमा लेखेका छन् – ‘तपाईं सबैको माया र समर्थनको लागि धेरै धेरै धन्यवाद ।’

धोनी २००७ मा आईसीसी पुरुष टी–२० विश्वकप, २०११ मा आईसीसी पुरुष क्रिकेट विश्वकप र २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीका कप्तान थिए ।

धोनीले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय विश्वकप २०१९ को सेमिफाइनल खेलेका थिए । म्यानचेस्टरमा ९ जुलाई २०१९ मा न्यूजिल्याण् विरुद्ध खेलिएको सेमिफाइनलमा धोनीले ७२ बलमा ५० रन बनाएका थिए ।

तल्लो ब्याटिङ अर्डरका ब्याट्सम्यान धोनीले २ सय ४० रनको लक्ष्य पछ्याउँदै थिए । मार्टिन गप्टिलको थ्रोमा उनी २ इन्चले क्रिज गुमाएका थिए । भारतले यसै २ इन्चले विश्वकप गुमाएको अनुमान गरिएको थियो ।

धोनीले आफ्नो पहिलो खेल २३ डिसेम्बर २००४ मा बंगलादेशविरुद्ध चटगाउँमा खेलेका थिए । गांगुली त्यतिबेला कप्तान थिए । गांगुलीले आफ्नो स्थानमा धोनीलाई नम्बर ३ मा ब्याटिङका ​​लागि पठाए ।

धोनी डेब्यु खेलमै रनआउट भएका थिए । यो सिरिजमा धोनी फ्लप भए । उनले तीन ओडीआईमा १९ रन मात्र बनाए तर पाकिस्तानविरुद्धको अर्को शृङ्खलामा १२३ बलमा १४८ रनको अविस्मरणीय इनिङ खेलेपछि उनी टोलीको सबैभन्दा भरपर्दो खेलाडी बने ।

धोनी जुलाई ७ मा ३९ वर्षका भए । उनको जन्म रांची, झारखण्ड (तत्कालीन बिहार) मा भएको थियो। धोनीले अहिलेसम्म सबैभन्दा बढी २०० ओडीआईमा भारतको कप्तानी गरेका छन् । जसमा भारत ११० खेलमा विजयी भएको थियो । उनी एकदिवसीयमा सबैभन्दा धेरै कप्तानी गर्ने विश्वका तेस्रो कप्तान हुन् ।

धोनीले अहिलेसम्म ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टी–२० खेलिसकेका छन् । जसमा उनले ४८७६, १०७७३ र १६१७ रन बनाएका छन् ।




भर्खरै