२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा रोमाञ्चक जित निकाल्दै स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा



अ+ अ-

एजेन्सी । स्पेन फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा स्वीडेनलाई २–१ गोलले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो ।

न्यूजिल्याण्डको इडेन पार्कमा भएको खेलमा ८१ औं मिनेटमा साल्मा एइंगोनोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ८८ औं मिनेटमा रेवेका ब्लोमक्भीस्टले गोल गर्दै स्वीडेनलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

त्यस लगत्तै ८९ औं मिनेटमा ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई २–१ गोलको रोमाञ्चक जित दिलाइन् । स्पेन महिला विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक हो । अब स्पेनले उपाधिका लागि भोलि हुने अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल आगामी आइतबार हुनेछ ।




भर्खरै