१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा रोमाञ्चक जित निकाल्दै स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा



अ+ अ-

एजेन्सी । स्पेन फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा स्वीडेनलाई २–१ गोलले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो ।

न्यूजिल्याण्डको इडेन पार्कमा भएको खेलमा ८१ औं मिनेटमा साल्मा एइंगोनोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ८८ औं मिनेटमा रेवेका ब्लोमक्भीस्टले गोल गर्दै स्वीडेनलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

त्यस लगत्तै ८९ औं मिनेटमा ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई २–१ गोलको रोमाञ्चक जित दिलाइन् । स्पेन महिला विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक हो । अब स्पेनले उपाधिका लागि भोलि हुने अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल आगामी आइतबार हुनेछ ।