• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढि एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी स्थिर रहि आइतबार कै मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।