१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौं: कृषिमन्त्री साह

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौं: कृषिमन्त्री साह
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

शुक्रवार एमाले निकट उद्योगी व्यवसायीहरुसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको हो ।

उहाँले दुग्ध विकास संस्थानको समस्या दीर्घकालिन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिनुभयो । उहाँले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी लान आवश्यक रहेको बताउनु भयो । उहाँले संस्थानले किसान र दुग्ध व्यवसायीहरु माथि खेलवाड गर्न नमिल्ने बताउनु भयो । उहाँले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रुपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताउनु भयो । उहाँले संस्थानलाई नयाँ स्वरुपमा सञ्चालन गर्नेगरी अबको एक महिनामा उथलपुथल गरिने बताउनु भयो ।’

‘उहाँले दुग्ध विकास संस्थानमा विचौलीया हाबी भएको भन्दै संस्था विचौलियाले चलाइरहेको दाबी गर्नुभयो । उहाँले संस्थानमा ९ सय कर्मचारीहरुमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताउनु भयो । उहाँले स्थायी कर्मचारीहरुलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताउनु भयो । उहाँले दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीले थगेर ल्याएको भन्दै करारका कर्मचारी हटाउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा समेत सरुवा भएर जान नमानेको बताउनु भयो । उहाँले संस्थानमा काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण नदिइएको संस्थानमा अब धेरै दिन कसैको दादागीरी नटिक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘दुग्ध विकास संस्थानमा विचौलिया हाबी भएको छ । संस्थान पिउनले चलाएको छ । संस्थानमा ९ सय कर्मचारीहरु छन् । जसमा ३ सय कर्मचारीहरु अस्थायी र ६ सय कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरु जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमण्ड बढेर आएको छ । दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थगेर ल्याएको छ । करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन । करारका कर्मचारीले थेगेर राखेको छ । स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा अहिलेसम्म सरुवा गएको छैन । जानै मान्दैन । किन जान मान्दैन भनेको हप्तामा महिनामा घ्यु लैजाँदोरहेछ । केही सानो टिमले त्यो काम गरिरहेको छ । काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण दिइएको छैन । कही नभएको जात्रा दुग्ध विकास संस्थानमा भएको छ । दुग्ध विकास संस्थानलाई निजी संस्थानलाई दिने होकी जस्तो लागेको छ । सरकारको केही स्वामित्वमा राखेर निजी साझेदारीमा जाने होकी अनि मात्रै दिर्घकालिन समस्या हल हुन्छ । मन्त्रालय त्यतातिर सोच्दैछ । त्यही हिसाबले छलफल चलेको छ । दीर्घकालिन समस्या समाधान गर्नु आवश्यक छ । संस्थानले किसान वा व्यवसायीसँग खेलवाड गर्न पाइँदैन । मेहनत गर्नेलाई प्रोत्साहन गर्नुसक्नुपर्छ । संस्थानको कमाण्ड चलाउन नसक्नेले सरेण्डर गर्दा हुन्छ । कसले के गर्नसक्छ भनेर दादागीरी देखाउने काम धेरै चल्दैन । अबको एक महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल हुन्छ । सरकारले केही चुकाउनुपर्छ भने चुकाउन तयार हो । यो समस्या आजको होइन विगत देखिएको हो ।’

उहाँले कर्मचारीहरुले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताउनु भयो । उहाँले आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उल्लेख गर्नुभयो ।