• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौं: कृषिमन्त्री साह



काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

शुक्रवार एमाले निकट उद्योगी व्यवसायीहरुसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको हो ।

उहाँले दुग्ध विकास संस्थानको समस्या दीर्घकालिन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिनुभयो । उहाँले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी लान आवश्यक रहेको बताउनु भयो । उहाँले संस्थानले किसान र दुग्ध व्यवसायीहरु माथि खेलवाड गर्न नमिल्ने बताउनु भयो । उहाँले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रुपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताउनु भयो । उहाँले संस्थानलाई नयाँ स्वरुपमा सञ्चालन गर्नेगरी अबको एक महिनामा उथलपुथल गरिने बताउनु भयो ।’

‘उहाँले दुग्ध विकास संस्थानमा विचौलीया हाबी भएको भन्दै संस्था विचौलियाले चलाइरहेको दाबी गर्नुभयो । उहाँले संस्थानमा ९ सय कर्मचारीहरुमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताउनु भयो । उहाँले स्थायी कर्मचारीहरुलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताउनु भयो । उहाँले दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीले थगेर ल्याएको भन्दै करारका कर्मचारी हटाउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा समेत सरुवा भएर जान नमानेको बताउनु भयो । उहाँले संस्थानमा काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण नदिइएको संस्थानमा अब धेरै दिन कसैको दादागीरी नटिक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘दुग्ध विकास संस्थानमा विचौलिया हाबी भएको छ । संस्थान पिउनले चलाएको छ । संस्थानमा ९ सय कर्मचारीहरु छन् । जसमा ३ सय कर्मचारीहरु अस्थायी र ६ सय कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरु जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमण्ड बढेर आएको छ । दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थगेर ल्याएको छ । करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन । करारका कर्मचारीले थेगेर राखेको छ । स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा अहिलेसम्म सरुवा गएको छैन । जानै मान्दैन । किन जान मान्दैन भनेको हप्तामा महिनामा घ्यु लैजाँदोरहेछ । केही सानो टिमले त्यो काम गरिरहेको छ । काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण दिइएको छैन । कही नभएको जात्रा दुग्ध विकास संस्थानमा भएको छ । दुग्ध विकास संस्थानलाई निजी संस्थानलाई दिने होकी जस्तो लागेको छ । सरकारको केही स्वामित्वमा राखेर निजी साझेदारीमा जाने होकी अनि मात्रै दिर्घकालिन समस्या हल हुन्छ । मन्त्रालय त्यतातिर सोच्दैछ । त्यही हिसाबले छलफल चलेको छ । दीर्घकालिन समस्या समाधान गर्नु आवश्यक छ । संस्थानले किसान वा व्यवसायीसँग खेलवाड गर्न पाइँदैन । मेहनत गर्नेलाई प्रोत्साहन गर्नुसक्नुपर्छ । संस्थानको कमाण्ड चलाउन नसक्नेले सरेण्डर गर्दा हुन्छ । कसले के गर्नसक्छ भनेर दादागीरी देखाउने काम धेरै चल्दैन । अबको एक महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल हुन्छ । सरकारले केही चुकाउनुपर्छ भने चुकाउन तयार हो । यो समस्या आजको होइन विगत देखिएको हो ।’

उहाँले कर्मचारीहरुले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताउनु भयो । उहाँले आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उल्लेख गर्नुभयो ।