६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो चम्किँदा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप



अ+ अ-

एजेन्सी । अरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरले जितेको छ । गएराति भएको फाइनल खेलमा अल हिलाललाई २–१ गोलले हराउँदै नासर च्याम्पियन बनेको हो ।

नासरका लागि दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे । किंग फहाद स्टेडियममा भएको फाइनलमा खेलको सुरुवाती अग्रता भने हिलालले लिएको थियो ।

माइकलले ५१ औं मिनेटमा गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ७४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७१ औं मिनेटमा अवदुल्लाह अल अम्रि र ७८ औं मिनेटमा नवाफ बोसालले रातो कार्ड खाएपछि अल नासर ९ खेलाडीमा समेटिएको थियो ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै नासरलाई उपाधि दिलाए । रोनाल्डोको नासरबाट यो पहिलो उपाधि हो ।