६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । जापानलाई स्तब्ध पार्दै स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दिउँसो भएको क्वाटरफाइनलको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै स्वीडेनले अन्तिम चारको यात्रा तय गरेको हो ।

न्यूजिल्याण्डको इडेन पार्क मैदानमा खेलको ३२ औं मिनेटमा अमान्डा इलेस्टेड्टले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाइन् ।

५१ औं मिनेटमा फिलिप्पा एंगेलडालले पेनाल्टीमा गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । यता, ८७ औं मिनेटमा होनोका हायाशीले गोल गरेपनि जापानका लागि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

यसैबीच आजै भएको अर्को खेलमा स्पेनले नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । अब सेमिफाइनलमा स्पेन र स्वीडेनबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।