५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग आजबाट सुरु हुँदै, च्याम्पियन सिटी र नवप्रवेशी बर्नले भिड्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयानुसार मध्यरातमा गत सिजनको विजेता म्यान्चेस्टर सिटी र यो सिजन प्रिमियर लिगमा स्थान बनाएको बर्नलेबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदान टर्फ मुर स्टेडियममा सिटीलाई रोक्न बर्नलेका लागि चुनौति हुनेछ । च्याम्पियनसिपमा पहिलो स्थान रहँदै प्रिमियर लिगमा स्थान बनाएको बर्नले पनि सिटीलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।

रोचक कुरा के रहेको छ भने सिटीका प्रशिक्षक पेप गार्डिवाला र बर्नलेका प्रशिक्षक भिन्सेन्ट कोम्पनी आमनेसामने हुँदैछन् ।

कोम्पनी पेपकै प्रशिक्षणमा रहँदा सिटीका कप्तान समेत थिए । तसर्थ पुनः दुईजनाको भेट हुँदैछ तर प्रतिद्वन्द्वी प्रशिक्षकको रुपमा । कोम्पनीले सिटीबाट ४ प्रिमियर लिग, २ एफए कप र ४ लिग्स कपको उपाधि जितेका छन् ।