२४ श्रावण २०८३, आईतवार
,
Latest
ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम



अ+ अ-

काठमाडौं । नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम रहेको र दुवै मुलुकले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाल–पाकिस्तान सहयोग र भविष्यका सम्भावना’ विषयक कार्यक्रममा उहाँहरूले द्विपक्षीय सहयोगले व्यापार र पर्यटनमा सहयोग, संयुक्त उद्यमका साथै आर्थिक, औद्योगिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग जस्ता विभिन्न क्षेत्रलाई समेटेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको उल्लेख गर्दै यस्ता भ्रमणको आदानप्रदानले द्विपक्षीय मित्रता र सहयोगलाई सुदृढ र प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो ।

नेपाल र पाकिस्तानबीच सन् १९६० मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

दुवै देशले स्वतन्त्रता, सार्वभौमता, र अहस्तक्षेपको सिद्धान्तको आपसी सम्मान गर्दै आएको बताउँदै उहाँले नेपाल र पाकिस्तानबीच औपचारिक भ्रमणका साथै अन्तर्राष्ट्रिय मञ्चका आवसरमा साइडलाइन बैठक समेत हुँदै आएको स्मरण गर्नुभयो ।

दुवै देशबीच जनता, सरकार र व्यापारीबीच सहयोगको लामो इतिहास रहेको बताउँदै राजदूत हाश्मीले समान भाषा संस्कृति रहेको दुवै मुलुकले पछिल्लो समय जलवायु परिवर्तनका समान असरको समेत सामना गर्नुपरेको धारणा व्यक्त गर्नुभयो । दुवै विकासोन्मुख देशले समान विकासका चुनौतीको सामान गर्दै आएको बताउँदै उहाँले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र पाकिस्तानले क्षेत्रीय र विश्वव्यापी सरोकारका विषयमा समान दृष्टिकोण राख्दै आएको बताउँदै दुवै देशबीचको सम्बन्ध नेपालको सगरमाथा र पाकिस्तानको माउन्ट के टु जस्तै मैत्रीपूर्ण, विश्वासयोग्य, सौहार्दपूर्ण र बलियो रहेको उल्लेख गर्नुभयो ।

पाकिस्तानले नेपालको विकास प्रयासमा औद्योगिक परियोजनामा सहयोगका साथै नेपाली विद्यार्थीलाई उच्च अध्ययनका लागि छात्रवृत्ति प्रदान गरी सहयोग गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

द्विपक्षीय सहयोगको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रमा दुवै देशलाई सुन्दर हिमाल र रमणीयस्थल प्रदान गरेको उल्लेख गर्दै उहाँले यसलाई देश र जनताको समृद्धिको क्षेत्रमा उपयोग गर्न संयुक्तरूपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । दुवै देशका राजदूतावासले लगानी, व्यापार र पर्यटनका क्षेत्रमा थप सहयोग प्रवर्द्धन गर्न संयुक्तरूपमा काम गर्नुपर्ने उहाँको धारणा थियो ।रासस