२० श्रावण २०८३, बुधबार
,
Latest
संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टि-२० क्यानडा: सन्दीप सम्मिलित सर्रे फाइनलमा



अ+ अ-

काठमाडौं । स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टि-२० क्यानडा २०२३ को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनलमा स्थान बनाएको हो ।

जितको लागि १ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रन बनाउदै अल आउट भयो ।

नाइट्सका लागि फबिएन एलेनले सर्वाधिक २७ रन बनाए । यस्तै, मोहम्मद रिजवान ४ र नाजिबउल्लाह जद्रान १५ रनमा आउट भए ।

बलिङ तर्फ सर्रेका तीव्र गतिका बलर म्याथ्यु फोर्डले सर्वाधिक ४ विकेट लिँदा सन्दीपले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले सर्वाधिक ३६ रन बनाएका थिए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए ।

नाइट्सका लागि जुनैद सिद्दिकले सर्वाधिक ४ विकेट लिए । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिए ।

यता, दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स र नाइट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले आइतबार उपाधिको लागि सर्रेसँग खेल्नेछ ।