३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र

उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र सम्झौता कार्यान्वयनमा कडाइ सुरु भएको छ। यसैक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बालाजु शाखा कार्यालयले सम्झौताविपरीत गतिविधि गरेको भन्दै कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई सात दिनभित्र छलफलमा उपस्थित हुन पत्राचार गरेको छ।

बालाजु शाखाले उद्योगलाई पठाएको पत्रमा उद्योग र कार्यालयबीच भएको सम्झौताका विभिन्न सर्त पालना नभएको उल्लेख गर्दै सम्झौतामा उल्लेखित उद्देश्यअनुसार उद्योग सञ्चालन गर्न आग्रह गरिएको छ। कार्यालयले यसअघि पनि पटक–पटक मौखिक तथा लिखित रूपमा सम्झौताअनुसार काम गर्न जानकारी गराउँदै आएको जनाएको छ।

कार्यालयका अनुसार उद्योगका प्रतिनिधिले पत्र बुझ्न अस्वीकार गरेपछि उक्त पत्र उद्योगको मुख्य गेटमा टाँस गरी मुचुल्कासमेत गरिएको छ।

पत्रअनुसार सम्बन्धित उद्योगलाई गाडी मर्मत तथा सर्भिसिङसम्बन्धी उद्योग सञ्चालनका लागि जग्गा उपलब्ध गराइएको भए पनि सम्झौताविपरीत अन्य गतिविधि भएको पाइएको छ। उद्योगको दर्ता प्रमाणपत्रमा समेत सवारीसाधन मर्मत तथा सर्भिसिङ गर्ने उद्देश्य उल्लेख भए पनि सोहीअनुसार उद्योग सञ्चालन नभएको कार्यालयको दाबी छ।

यसअघि कार्यालयले सम्झौताका सर्तअनुसार उद्योग सञ्चालन गर्न समयसीमासहित निर्देशन दिएको थियो। तोकिएको अवधिभित्र सम्झौताअनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिइएको थियो।

निर्देशनको पालना नभएपछि कार्यालयले उद्योगलाई उपलब्ध गराउँदै आएको विद्युत् तथा खानेपानी सेवा पनि विच्छेद गरेको जनाएको छ। सेवा विच्छेदका कारण उत्पादन प्रभावित भएको भन्दै उद्योगले असहमति जनाए पनि सम्झौतामा उत्पन्न विवाद आपसी छलफलबाट समाधान गर्ने व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौतामा उल्लेखित उद्देश्यअनुसार नै व्यवसाय सञ्चालन गर्नुपर्ने र सर्त उल्लंघन गर्ने उद्योगमाथि आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाइने नीति कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

बालाजु शाखा कार्यालयले पछिल्लो पत्रमार्फत सात दिनभित्र छलफलमा उपस्थित भई सम्झौताअनुसार उद्योग सञ्चालनबारे स्पष्ट पार्न आग्रह गरेको छ। पत्र बुझ्न अस्वीकार गरेपछि गेटमै सूचना टाँस गरी मुचुल्का गरिएको घटनालाई औद्योगिक क्षेत्र व्यवस्थापनले सम्झौता कार्यान्वयनमा थप कडाइ गर्ने संकेतका रूपमा हेरिएको छ।