२० श्रावण २०८३, बुधबार
,
Latest
कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार राष्ट्रिय कृषि नीति, २०८३ जारी संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा सबैभन्दा बढी वर्षा



अ+ अ-

काठमाडाैँ । देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा अभिलेख गरिएको हो । सोही अवधिमा देशभरका ८७ केन्द्रबाट तापक्रमको विवरण सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।

न्यूनतम तापक्रम रुपन्देहीको तौलिहवामा २९.१ डिग्री सेल्सियस र अधिकतम तापक्रम सिराहाको लहानमा ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको थाकमार्फामा ९.५ डिग्री सेल्सियस तथा सबैभन्दा कम अधिकतम तापक्रम सोलुखुम्बुको लुक्लामा १६.१ डिग्री सेल्सियसअभिलेख भएको छ ।