२० श्रावण २०८३, बुधबार
,
Latest
दुई सय सात किलो गाँजासहित पक्राउ कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार राष्ट्रिय कृषि नीति, २०८३ जारी संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने



अ+ अ-

काठमाडाैँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले स्काउट स्कार्फ प्रयोगसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै राष्ट्रिय स्कार्फ (नेशनल स्कार्फ) को प्रयोग अब अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मात्र सीमित गर्ने निर्णय गरेको छ।

यसअघि केही वर्षदेखि सबै तहका स्काउट सदस्यहरूले नियमित रूपमा एउटै राष्ट्रिय स्कार्फ प्रयोग गर्दै आएका थिए। तर नयाँ निर्णयअनुसार अब कुनै पनि प्याक, ट्रुप, क्र्यू, स्काउट लिडर, प्रदेश तथा स्थानीय तहका सदस्य वा पदाधिकारीहरूले नियमित कार्यक्रम, तालिम, बैठक, समारोह तथा अन्य आन्तरिक गतिविधिमा राष्ट्रिय स्कार्फ प्रयोग गर्न पाउने छैनन्।

नेपाल स्काउटका अनुसार राष्ट्रिय स्कार्फको गरिमा, विशिष्टता र राष्ट्रिय पहिचानको संरक्षण गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अब प्रदेश, स्थानीय तह तथा विभिन्न स्काउट एकाइहरूले आवश्यक स्वीकृति प्रक्रिया पूरा गरी आफ्नै पहिचान झल्कने स्कार्फ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

वरिष्ठ स्काउटरहरूले यस निर्णयलाई राष्ट्रिय स्कार्फको वास्तविक उद्देश्य पुनःस्थापित गर्ने सकारात्मक कदमका रूपमा लिएका छन्। उनीहरूका अनुसार विगतमा राष्ट्रिय स्कार्फलाई देशभर नियमित रूपमा प्रयोग गराउने अभ्यासले यसको विशिष्टता कमजोर बनेको थियो। नयाँ व्यवस्थाले अब राष्ट्रिय स्कार्फलाई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्ने विशेष पहिचानका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।