१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप: दुई पटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । दुई पटककोको विश्व च्याम्पियन जर्मनी फिफा महिला विश्वकप २०२३ बाट बाहिरिएको छ । दक्षिण कोरियासँग समूह ‘एच’ को खेलमा १–१ को बराबरी खेलेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको यो पहिलोपल्ट हो । उसले २००३ र २००७ मा महिला विश्वकपको उपाधि जितेको थियो ।
समूहको अर्को खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले पराजित गर्दै अन्तिम १६ पुग्न सफल रह्यो ।

यस हारका बाबजुत कोलम्बिया भने ६ अंकमा समूहको शीर्षमा रहेर समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । मोरक्कोको पनि समान ६ अंक भयो । जर्मनी भने ४ अंकमै सीमित रह्यो । दक्षिण कोरियाले १ अंकमात्र जोड्यो ।