• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित

मेसी चम्किँदा मियामी लिग्स कपको अन्तिम १६ मा



एजेन्सी । इन्टर मियामीले लिग्स कपको अन्तिम १६ को यात्रा तय गरेको छ । भर्खरै सम्पन्न राउण्ड ३२ को खेलमा मियामीले ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मियामीको जितमा लियोनल मेसी नायक बने ।

उनले खेलको सातौं मिनेटमा नै गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सेजर अरावोले गोल गर्दै ओर्लान्डोलाई १–१ गोलको बराबरीमा ल्याए ।

५१ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई २–१ ले अगाडि बढाए । यस्तै, ७२ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।