• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

मेसी चम्किँदा मियामी लिग्स कपको अन्तिम १६ मा



एजेन्सी । इन्टर मियामीले लिग्स कपको अन्तिम १६ को यात्रा तय गरेको छ । भर्खरै सम्पन्न राउण्ड ३२ को खेलमा मियामीले ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मियामीको जितमा लियोनल मेसी नायक बने ।

उनले खेलको सातौं मिनेटमा नै गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सेजर अरावोले गोल गर्दै ओर्लान्डोलाई १–१ गोलको बराबरीमा ल्याए ।

५१ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई २–१ ले अगाडि बढाए । यस्तै, ७२ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।