२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री… प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैनः सभापति थापा कांग्रेस महाधिवेशनमा कसैलाई पनि सहभागी हुनबाट वञ्चित गरिएको छैन : सभापति थापा+ पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान



अ+ अ-

एजेन्सी । भारतीय टोली टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारत तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

योसँगै रोहित शर्मा ४९ खेल जितेर विश्वकै सर्वाधिक सफल टी–२० कप्तान बनेका छन् । उनले पाकिस्तानका बाबर आजम (४८ जित)लाई पछाडि छोडे ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा बिहीबार भएको खेलमा भारतले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएपछि इंग्लिस टोली १६.४ ओभरमा १०३ रनमा अलआउट भयो ।

यो खेलमा भारतीय कप्तान रोहित शर्माले ३९ बलमा ५७ रनको इनिङ खेले । उनले ४ चौका र २ छक्का प्रहार गरे । रोहितले १४६.१५ को स्ट्राइक रेटमा ब्याटिङ गरे । रोहित टी–२० विश्वकपमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यति मात्र होइन, उनी आईसीसी प्रतियोगिताको नकआउट खेलका शीर्ष ६ हिटर पनि बनेका छन् ।

रोहितको नाममा ११३ चौका छन् । उनले श्रीलंकाका पूर्व ब्याट्सम्यान महेला जयवर्धनेको कीर्तिमान तोडेका छन् । यस प्रतियोगितामा जयवर्धनेको नाममा १११ चौका छन् । यो लिस्टमा तेस्रो नाम विराट कोहलीको छ । कोहलीले टी–२० विश्वकपमा १०५ चौका प्रहार गरेका छन् ।

 




भर्खरै