१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

देवघाटमा एक सय ४२ आयोजना सम्पन्न
अ अ+ अ-

दमौली । देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ ।

इन्जिनियर ढुङ्गानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्र कार्यको सुरु गरिएको छ । गाउँपालिकाअन्तर्गत रहेको सिच्याङ्ग र वैदी स्वास्थ्यचौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मतकार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई सय ३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्याङ्की निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उहाँका अनुसार रिस्तीखोला, देउतीखोला र चाँपखोलामा तीनवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । देवघाट–५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणका लागि डिपिआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणकार्य भइरहेको जनाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचना पुन:निर्माण गरी सञ्चालनयोग्य बनाइएका छन् ।

गाउँपालिकाअन्तर्गत थप पाँचवटा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने घिनाटारबाट टाउनचोकसम्म मोटरबाटो कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यस्तै पिपलटारबाट मधुवन चोकसम्म र भुवनटारमा कालोपत्र गर्न थालिएको इन्जिनियर ढुङ्गानाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगममा ९९ वटा योजनाको अनुगमन गरी छवटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएको गाउँपालिकाका उपाध्यक्ष एवं अनुमन समितिका संयोजक भुवनसिंह गुरुङले राससलाई जानकारी दिनुभयो ।

सिँचाइतर्फ वडा नं १ मा एउटा, वडा नं २ को खाल्टेफाँटमा तीनवटा, वडा नं ३ मा एउटा र वडा नं ५ मा चार गरी नौवटा योजना सम्पन्न भएका छन् । साथै दुई हजार पाँच सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ । सोलार प्रणालीबाट सञ्चालनमा रहेका दुईवटा लिफ्टिङ खानेपानी योजनामा समस्या भएपछि विद्युतीय माध्यमबाट तिनलाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, वडा नम्बर ५ मा तीनवटा डिपबोरिङ सम्पन्न हुने चरणमा रहेका र वडा नं ५ को झारखानीमा लिफ्टिङ सिँचाइ निर्माणाधीन छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नागरिकका विकास चाहना पूरा गर्ने अभियानमा आफूहरू क्रियाशील रहेको बताउनुभयो । रासस