२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाका कारण विश्वकप क्रिकेटका भारत र पाकिस्तानबीचको खेल मिति परिवर्तन



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा अक्टोबर १५ मा अहमदाबादमा हुने भारत–पाकिस्तान खेलको मिति परिवर्तन भएको छ । अब यो खेल १४ अक्टोबरमा हुनेछ । समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) मिति परिवर्तन गर्न सहमत भएको छ ।

पाकिस्तान र श्रीलंकाको खेलको मिति पनि परिवर्तन भएको छ । यो खेल १२ अक्टोबरमा हुने थियो । अब यो खेल १० अक्टोबरमा हुनेछ । यो परिवर्तनका कारण पाकिस्तानले भारतसँगको खेल अघि ३ दिनको अन्तर पाउनेछ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि खेलिनेछ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जुनको अन्त्यमा यसको तालिका सार्वजनिक गरेको थियो । अन्य टोलीको केही खेलको समय पनि परिवर्तन हुन सक्छ । आईसीसीले छिट्टै नयाँ तालिका सार्वजनिक गर्नेछ ।

अक्टोबर १५ मा अहमदाबादमा हुने खेललाई लिएर सुरक्षा निकायले चिन्ता व्यक्त गरेका थिए । एजेन्सीहरूले यो मिति नवरात्रिको पहिलो दिन हुने बताएका थिए । यस्तो अवस्थामा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन समस्या हुनसक्छ । त्यसपछि आईसीसी र बीसीसीआईले पाकिस्तान बोर्डसँग सम्पर्क गरी २ समूह खेलको मिति परिवर्तन गर्ने कुरा गरेका थिए ।