९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्ड र डेनमार्क अन्तिम १६ मा



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकपमा इंग्ल्याण्ड र डेनमार्कले अन्तिम १६ को यात्रा तय गरेका छन् । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले चीनलाई ६–१ गोलले हराउँदै समूह विजेता बनेर नकआउट चरणमा स्थान बनाएको हो ।

इंग्ल्याण्डलाई फराकिलो जित दिलाउन लरेन जेम्सले दुई गोल गरिन् भने एलेसिया रुसो, लरेन हेम्प, चोल केली र रचेल डेलीले एक–एक गोल गरे । इंग्ल्याण्डले तीनै खेलमा जित निकाल्दै ९ अंक जोड्यो ।

यस्तै आजै भएको अर्को खेलमा हाइटीलाई डेनमार्कले २–० गोलले पराजित गर्यो । डेनमार्कलाई जित दिलाउन खेलको २१ औं मिनेटमा पर्निल हार्डरले पेनाल्टीमा गोल गरिन् भने ९०.१० मिनेटमा सान्ने निल्सेनले एक गोल थपिन् । डेनमार्कले ३ खेलबाट ६ अंक जोड्यो । हाईटी र चीन भने समूह चरणबाटै बाहिरिए ।