१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभाका सभामुख गौतमद्वारा राजीनामा



अ+ अ-

काठमाडौँ। कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ । यसअघि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई सर्वोच्च अदालतले वैधानिकता नदिएपछि उहाँ विवादमा पर्नुभएको थियो ।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गर्दा थापालाई बहुमत जुटाउन प्रस्तावमा गौतमले हस्ताक्षर गर्नुभएको थियो ।

सोविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।

कोशी प्रदेशसभा प्रमुख खापुङले पुन: मुख्यमन्त्रीका लागि आज (मंगलबार) सम्मको समयसीमा दिनुभएको छ । गौतमको राजीनामा सँगै पुन: थापालाई मुख्यमन्त्री बनाउन बहुमत पुग्ने अवस्था देखिएको छ ।