१६ मंसिर २०८१, आईतवार
,
Latest
महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी गोरखा–५ बाट माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित रौतहटको इशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी रुकुम पश्चिमको सानीभेरी–५ मा माओवादीको किल्ला भत्कियो, कांग्रेसका मोतीराम खत्री विजयी डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी कीर्तिपुर नगरपालिकाको मतगणना सुरु ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी चेल्सीले एस्टन भिल्लालाई हरायो दार्चुलाको दुहु ५ वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धन सिंह कुँवर विजयी फुलहमसँग बराबरीमा रोकियो टोटेनहम
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगलाई उच्च अदालतको अल्पकालीन आदेश, जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्नु



अ+ अ-

काठमाडौं। उच्च अदालत पाटनले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश ऋषिराम दवाडीको इजलासले उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले तोकेकै समयमा खर्च विवरण सार्वजनिक गर्दापनि १५ हजार जरिवाना तोकिएको भन्दै रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली र शिशिर खनाल आयोगको निर्णय खारेजीको मागसहित उच्च अदालत पुगेका थिए ।

रास्वापा सांसदले दायर गरेको उक्त रिटमाथि सोमबार उच्च अदालतले यो विषयमा अन्तरिम आदेश दिन दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै साउन २२ गते दुबै पक्षलाई बोलाएको छ ।

आयोगले समयमै निर्वाचन खर्च नबुझाएको भन्दै गत शुक्रबार प्रतिनिधि सभाका ४ मन्त्री १८ सांसदसहित २ हजार ४ सय भन्दा धेरै उम्मेदवारलाई १५ हजारका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।