२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गएर गरे सरकारले खर्च व्यहोर्दैनः स्वास्थ्यमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताउनुभएको छ ।

शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताउनुभएको हो । उहाँले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताउनु भयो । उहाँले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताउनु भयो । अहिलेपनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गर्नुभयो ।

उहाँले गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शैय्या सबै अस्पतालमा लागू भएको बताउनु भयो । मन्त्री बस्नेतले गरिव, विपन्न, असहाय र बेवारीसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निशुल्क भइसकेको जानकारी दिनुभयो । गरिव र विपन्नताका कारण आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताउनु भयो । उहाँले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘वीर अस्पताललाई हामी सबैले ऐतीहासिक अस्पताल भनिरहेका छौं । यहाँ धेरै किसिमका विषय विज्ञता हाँसिल गरेका डाक्टर सावहरु हुनुहुन्छ । नर्सिङ क्षेत्रमा लामो अनुभव रहेका मान्छेहरु प्रशस्त हुनुहुन्छ । सरकारले व्यवस्था गर्ने हो भने अहिले उपचार गराइरहनुभएका हाम्रा भिआइपी र भिभिआईपीहरु अन्य देशमा उपचार गर्नुपर्दैन । तर,हाम्रो मान्छेलाई विश्वास नै गरेका छैनन् । मैले यहाँ आएर भिभिआइपी क्याविन हेरेँ । २०४४ सालदेखि कोही भिभिआईपीले उपचार गराउनुभएको छैन । नेपालका चिकित्सक र नर्सले संसारले दिएको सेवा तपाईहरुले पनि उत्कृष्ट दिन सक्नुहुन्छ । दुर्गम ठाउँको मान्छेले सिटामोल खान पैसा नहुने भिआईपी र भिभिआईपी भने सामान्य रोगका लागि विदेश सयर गर्ने, राज्यको ढुकुटी खत्तम बनाउने भन्ने आक्रोश जताततै छ ।

यसलाई ध्यानमा राखेर अब वीर अस्पतालमा भिआइपी र भिभिआईपी क्याविन थप्न भनेर यहाँका पदाधिकारीलाई अनुरोध गरेँ । भिभिआईपी र भिआईपी गरी पाँच वटा क्याविन चल्ने अवस्था छ । भिआइपी र भिभिआईपीको उपचारका लागि १५ जना डाक्टर र थप नर्स खटिनुहुनेछ । अब कोहीपनि भिआईपी र भिभिआईपीलाई सन्चो भएन भने वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गर्ने, सेवा हामी दिन्छौं । हाम्रा एक्सेलेन्ट चिकित्सकहरुको एउटा समूह छ । जुन चिकित्सकहरु कहाँ विदेशबाट डाक्टर सावहरु यहाँ आउनुहुन्छ । तर, हामीले हाम्रो चिकित्सकलाई चिनेकै छैनौं । यदी यहाँ हुने उपचार विदेशमै जाने हो भने त्यो पैसा निजी खर्च व्यहोर्नुपर्छ । मैले यो अभियान शुरु गरेको छु । र, यसले वीर अस्पतालको शिर अब संसारभर फैलिन्छ भन्ने मलाई लाग्छ ।’

वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउँदैछौं । त्यसका लागी हामीले बजेट प्राप्त गर्न सकेनौं । तर, मन्त्री ज्यूले प्राथमिकतामा राखेर वर्न सेन्टरका लागि भनेर बजेट व्यवस्थापन गरिदिनुभएको छ । यस वर्ष हामीले वर्न सेन्टरका लागि तयारी थालिसकेका छौं । २४ सै घण्टा फार्मेसी सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेका छौं । निकट भविष्यमा बिस्तारीत अस्पतालको सेवामार्फत सेवाको अवधि बढाई अहिलेको चाँपलाई धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने अपेक्षासहित हामि यो कार्यमा अगाडी बढेका छौं । आइसीयुको क्षमता बढाउने र एचडीयुको संख्या थप्ने योजना छ । सघन उपचारको क्षमता यस वर्ष एक सय बेडमा पु¥याइने लक्ष्य लिएर अघि बढेका छौं ।’’

यसैवर्ष सघन उपचारको क्षमता बिस्तार गरेर एक सय बेडमा पु¥याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट शुरु भएको हो ।




भर्खरै