२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै



अ+ अ-

युक्रेन। रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको आफ्नो उत्तरी सीमालाई थप सुदृढ बनाइरहेको छ ।

कुनै समय दुई देशबीच सर्वसाधारणको आवतजावत हुने व्यस्त सीमा क्षेत्र अहिले बन्द क्षेत्र, सुरक्षा अवरोध र बारुदी सुरुङले भरिएको संवेदनशील भूभागमा परिणत भएको छ ।

एक हजार ८४ किलोमिटर लामो युक्रेन–बेलारुस सीमामा रहेका सडकहरू लामो दूरीसम्म ड्रोन रोक्ने जालीले ढाकिएका छन् । सीमा क्षेत्रमा धारिलो तारका बार र ‘ड्र्यागन टिथ’ भनिने ट्याङ्कविरोधी कङ्क्रिट अवरोधहरू पनि निर्माण गरिएका छन् ।

एसोसिएटेड प्रेस (एपी) ले यसै महिनाको सुरुमा उत्तरी युक्रेनको सीमावर्ती क्षेत्रको भ्रमण गरेको थियो । त्यस क्रममा युक्रेनले बेलारुससँग रुसले ड्रोनको पहुँच विस्तार गर्न तथा युक्रेनी सहरमा आक्रमण गर्न प्रयोग गरेका सञ्चार रिले स्टेसन बन्द गर्न माग गरेको जनाएको थियो ।

युक्रेनी अधिकारीहरूका अनुसार बेलारुसले उक्त माग पूरा गरेपछि दुवै देशबीचको तनाव केही कम भएको छ । यद्यपि, बेलारुसमा रुसी सैन्य उपस्थितिमा वृद्धि भएको स्पष्ट सङ्केत नदेखिए पनि युक्रेनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा सुरक्षा बलियो बनाउने कामलाई निरन्तरता दिएको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमाथि आक्रमण नभएसम्म युद्धमा सेना पठाउने योजना नरहेको बताउँदै आ उनुभएको छ । तर सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरू भने बेलारुस रुसको युद्धमा थप सङ्गलग्न हुन सक्ने सम्भावनाप्रति चिन्तित छन् ।

स्थानीयका लागि सीमा क्षेत्रमा निर्माण गरिएका सुरक्षा संरचनाहरू युद्धका सुरुवाती दिनहरूको सम्झना मात्र होइन, भविष्यमा हुन सक्ने कुनै पनि परिस्थितिका लागि युक्रेनको तयारीको सङ्केत पनि बनेका छन् ।

युक्रेनी सीमा सुरक्षाकर्मीहरूले बख्तरबन्द सवारीसाधन, ड्रोन र अन्य निगरानी प्रणाली प्रयोग गरी चौबीसै घण्टा गस्ती गरिरहेका छन् । अधिकारीहरूका अनुसार बेलारुस रुसको सबैभन्दा नजिकको सैन्य साझेदार भएकाले सीमा क्षेत्रमा थप सुरक्षा संरचना निर्माण गर्ने कार्य आगामी दिनमा पनि प्राथमिकतामा रहनेछ । (रासस/एपी)