२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित



अ+ अ-

काठमाडौँ । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ ।

एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान सात चौका र सात छक्काको मद्दतमा ९० रनको योगदान दिएका हुन् । यसैगरी अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५६ रन बनाए भने सानदुन विराकोडीले ३१ रन बनाए ।

नेपालका लागि सूर्य तामाङ र प्रतिश जिसीले समान दुईरदुई विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि अर्जुन साउदले सर्वाधिक ७९ रनको योगदान दिए । उनले एक सय १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७९ रनको योगदान दिएका हुन् । त्यस्तै सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११र११ रन जोडे भने पवन सर्राफले १० रन बनाए ।

ब्लूमफिल्डका लागि मलिन्डा परेरा, दिनेश समराविक्रम, निमेश थारुणु र विनिनायाकेले समान दुईरदुई विकेट लिए । अब नेपालले शुक्रबार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।