६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकपः जाम्बियाविरुद्ध स्पेनको फराकिलो जित



AUCKLAND, NEW ZEALAND – JULY 26: Jennifer Hermoso (2nd L) of Spain celebrates with teammates after scoring her team’s second goal during the FIFA Women’s World Cup Australia & New Zealand 2023 Group C match between Spain and Zambia at Eden Park on July 26, 2023 in Auckland, New Zealand. (Photo by Hannah Peters – FIFA/FIFA via Getty Images)
अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्पेनले लगातार दोस्रो जित निकालेको छ । बुधबार न्यूजिल्याण्डको इडेन पार्कमा सम्पन्न खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले पराजित गरेको हो ।

स्पेनलाई फराकिलो जित दिलाउन जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले दुई–दुई गोल गरे भने टेरेसा अबेलिरियाले एक गोल गरिन् ।

टेरेसाले ९ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । जेनिफरले १३ तथा ७० औं मिनेटमा गोल गरिन् भने अल्बाले ६९ औं र ८५ औ मिनेटमा गोल गरिन् ।

जितसँगै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह सी मा रहेको स्पेन २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा रहेको छ । लगातार दुई खेल हारेको जाम्बिया अंकविहिन रहँदै पुछारमा छ ।