२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मियामीको जितमा मेसीको दुई गोल



अ+ अ-

एजेन्सी । लिग्स कप अन्तर्गत इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । नेपाली समयानुसार बुधबार बिहान भएको खेलमा मियामीले एटलान्टा युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो ।

मियामीको जितमा लियोनल मेसी र रोबर्ट टेलरले दुई–दुई गोल गरे । खेलको ८ औं मिनेटमा नै मेसीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ४४ औं मिनेटमा टेलरले गोल गर्दै मियामीलाई ३–० ले अघि बढाए ।

५३ औं मिनेटमा टेलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे । यता, खेलको ८४ औं मिनेटमा क्रिस्टोफर एमसीभेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मियामी १० खेलाडीमा समेटिएको थियो । मियामीको यो लगातार दोस्रो जित हो ।

यसअघि डेब्यु खेलमै मेसीले अन्तिम समयमा गोल गर्दै मियामीलाई पहिलो जित दिलाएका थिए । समूह जे मा रहेको मियामीले ६ अंक जोडेको छ ।

यो जितसँगै मियामी साउथ समूह ३ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।




भर्खरै