६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी क्लब अल हिलाल एम्बाप्पेका लागि कीर्तिमानी मूल्य तिर्न तयार



अ+ अ-

काठमाडौँ । साउदी अरेबियन क्लब अल हिलालले फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेका लागि मँहगो रकम खर्चन तयार भएको छ ।

ताजा समाचार अनुसार अह हिलालले २४ वर्षीय एम्बाप्पेका लागि दुई सय ५९ मिलियन पाउण्ड खर्चन तयार रहेको जनाएको छ ।

अल हिलालले एम्बाप्पेका लागि २५ करोड ९० लाख पाउन्ड (करिब ४३ अर्ब ७७ करोड नेपाली रुपैयाँ) खर्चन तयार रहेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग राखेको छ । कुनैपनि खेलाडीका लागि खर्चन लागिएको यो हालसम्मकै सबैभन्दा बढी रकम हो ।

सन् २०१८ मा पीएसजीमा आबद्ध भएका २४ वर्षीय एम्बाप्पेको सम्झौता आगामी एक वर्ष सम्मका लागि छ । त्यसपछि मात्र उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । तर, उनले पीएसजीसँग सम्झौता नविकरण गर्न चाहेका छैनन् ।

एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् । उनी स्पेनिस महारथी रियल मड्रिडमा जान चाहन्छन् ।

पीएसजीले भने एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निणर्य लिन जुलाई ३१ तारिखसम्मको समय दिएको थियो । तर, एमबाप्पेले भने आफू पीएसजीमा नरहने संकेत दिइसकेका छन् ।

विश्व व्यवसायिक फुटबलमा हालसम्मको सबैभन्दा महंगो सम्झौता पीएसजी र नेयमारबीचको सम्झौता रहेको छ । सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई भित्राउन १९८ मिलियन पाउन्ड खर्चेको थियो । नेयमारपछि मंहगो सम्झौताको रुपमा एम्बाप्पेलाई पिएसजीले मोनाकोबाट २०१८ मा १६३ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको थियो ।