२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमर्जिङ कप फाइनलः पाकिस्तानले भारतलाई दियो ३५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि पाकिस्तान ए ले भारत ए लाई ३५३ रनको लक्ष्य दिएको छ ।

कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५२ रन जोडेको हो ।

पाकिस्तानका तयाव ताहिरले १०८ रनको शतकीय इनिङ्स खेले । ७१ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । यस्तै, शहिबजादा फरहानले ६२ बलमा ६५, सइम अयुबले ५१ बलमा ५९, मुबसिर खानले ४७ बलमा ३५ रनको योगदान दिए । यस्तै, मोहम्मद वसिम ५ बलमा १० रनमा तथा सुफियान मुकिम ६ बलमा ३ रनमा अविजित रहे ।

बलिङतर्फ भारतका राजवर्धन हंगारगेकर र रियान परागले दुई–दुई लिए भने हर्षित राणा, निषान्त सिन्धु, मानव सुथरले एक–एक विकेट लिए ।