३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छः शशांक कोईराला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको निति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताउनु भयो । उहाँले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनु भयो । उहाँले केन्द्रका नेताहरुले टिकट वितरण नगरेर स्थानिय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले कस्तो किसिमको क्रियाशील दिदैछौँ ? केन्द्रबाट दिदैछौँ, हामीले वडा, टोलबाट दिइरहेका छौ कि ? क्रियाशिल सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन । जबसम्म भित्रबाट लाग्दैन कि काँग्रेसको निति ठिक हो भनेर । तसर्थ बढाउनतर्फ नलागौँ । राम्रो मान्छे चुनेर मात्रै गरौँ । नेपाली काँग्रेसको केन्द्रिय समितिले पनि अब बिकेन्द्रिकरण गर्नुप¥यो । सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरु भन्दापनि वडा अध्यक्षहरु हुन् । हामी केन्द्रमा बसेर भन्छौँ फलानोलाई टिकट दिनुप¥यो भनेर । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने यो ठिक भएन ।’

नेता कोईरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताउनु भयो । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उहाँले सत्तामा जानेमात्र होइन रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताउनु भयो ।