१९ श्रावण २०८३, मंगलवार
,
Latest
आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छः शशांक कोईराला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको निति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताउनु भयो । उहाँले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनु भयो । उहाँले केन्द्रका नेताहरुले टिकट वितरण नगरेर स्थानिय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले कस्तो किसिमको क्रियाशील दिदैछौँ ? केन्द्रबाट दिदैछौँ, हामीले वडा, टोलबाट दिइरहेका छौ कि ? क्रियाशिल सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन । जबसम्म भित्रबाट लाग्दैन कि काँग्रेसको निति ठिक हो भनेर । तसर्थ बढाउनतर्फ नलागौँ । राम्रो मान्छे चुनेर मात्रै गरौँ । नेपाली काँग्रेसको केन्द्रिय समितिले पनि अब बिकेन्द्रिकरण गर्नुप¥यो । सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरु भन्दापनि वडा अध्यक्षहरु हुन् । हामी केन्द्रमा बसेर भन्छौँ फलानोलाई टिकट दिनुप¥यो भनेर । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने यो ठिक भएन ।’

नेता कोईरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताउनु भयो । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उहाँले सत्तामा जानेमात्र होइन रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताउनु भयो ।