१९ श्रावण २०८३, मंगलवार
,
Latest
आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवारको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताउनु भयो । उहाँले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली काँग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको संगठन सुदृढीकरण गरौँ । बिस्तारित गरौँ । त्यस काममा हामी लागौँ । प्रदेशहरुको अधिकारलाई सुनिश्चित गरौँ । संविधान संशोधन गर्नुपर्छ भने गरौँ । कानूनमा संशोधन गर्नुपर्छ भने गरौँ । यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’

उहाँले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने काँग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताउनु भयो ।