२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार क्लबले गरे एन्फा युथ लिग बहिस्कार



अ+ अ-

काठमाडौं । एन्फा यू–१६ युथ लिगको निरन्तरतामा शंका पैदा भएको छ । एन्फा र क्लबको पछिल्लो विवादले युथ लिग अन्यौलमा परेको हो ।

फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो । तर दोस्रो चरणका खेल सम्पन्न नहुँदै ए डिभिजनका चार क्लबले लिग बहिष्कार गरेका छन् ।

एन्फाले बढी उमेरका खेलाडी खेलाएको भन्दै एनआरटीमाथि कारबाही गरेको थियो । एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय एन्फाले गरेको थियो । उक्त निर्णयविरुद्ध क्लबहरुले एन्फामा अपिल गरेका थिए । माग सम्बोधनमा एन्फा नेतृत्व जिम्मेवार नभएको भन्दै चार क्लबले लिग बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

ए डिभिजनका एनआरटी, संकटा, फ्रेन्ड्स र मनाङले युथ लिग बहिष्कार गर्ने भएका हुन् । लिग सञ्चालनमा एन्फाले आफ्ना माग सम्बोधन नगरेको क्लबहरुको गुनासो छ ।

शुक्रबार क्लबहरुले गरेको सहमति अनुसार शनिबार च्यासल मैदानमा मनाङ र मछिन्द्र खेल्ने तालिका रहेको थियो । तर मनाङ उपस्थित भएन ।