२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने



अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ए र पाकिस्तान ए बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार कोलम्बोमा भएको सेमिफाइनल खेलमा बङ्गलादेश ए लाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।

यस्तै , शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयो ।

श्रीलङ्काका अभिष्का फर्नान्डो र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायो ।

पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै मोहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए ।

फाइनल खेल आइतबार सवा २ बजे हुनेछ ।