५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा महिलालाई ‘नग्न परेड’ गराउने ४ जना पक्राउ



अ+ अ-

एजेन्सी । भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र परेड गराएको प्रकरणमा अहिलेसम्म ४ जना आरोपी पक्राउ परेका छन् । मुख्यमन्त्री एन वीरेन सिंहले सबै दोषीलाई मृत्युदण्डको सजाय दिन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

सोही क्रममा बिहीबार साँझ भीडले एक अभियुक्तको घरमा आगजनी गरेको थियो ।

राजधानी इम्फालबाट करिब ३५ किलोमिटर टाढा रहेको काङ्पोकपी जिल्लामा मे ४ मा महिलालाई नग्न परेड गर्ने घटना घटेको थियो । यसको भिडियो १९ जुलाई (बुधबार) सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा केही व्यक्तिले दुईजना महिलालाई नग्न बनाएर अश्लिल गतिविधि गरिरहेको देख्न सकिन्छ ।

घटनाको विरोधमा मणिपुरको चुराचन्दपुरमा बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । हजारौंले कालो लुगा लगाएर प्रदर्शन गरेका थिए । दोषीलाई पक्राउ गर्न उनीहरुले माग गरेका थिए ।

सर्वोच्च अदालतले भनेको छ – महिलालाई निर्वस्त्र परेड गरेको मामिलामा भिडियो हेरेपछि हामी निकै दुःखी भएको छौं । हामी सरकारलाई कदम चाल्न समय दिन्छौं । यदि त्यहाँ केही भएन भने, हामी कदम चाल्नेछौं ।’

यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘यो घटनाले १४० करोड भारतीयलाई लज्जित बनाएको छ । कुनै पनि अपराधीलाई छुट दिइने छैन । आज मेरो मन दुख र क्रोधले भरिएको छ । मणिपुरका छोरीहरूलाई के भयो त्यो कहिल्यै माफ हुन सक्दैन। यो अपमान सिंगो देशमा भइरहेको छ ।

समाचार एजेन्सी एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै भनेको छ कि सरकारले फेसबुक–ट्विटर र अन्य सोशल मिडिया प्लेटफर्महरूलाई निर्वस्त्र महिलाको भिडियो साझा नगर्न आदेश दिएको छ । आदेश उल्लङ्घन भएमा केन्द्र सरकारले ट्विटर विरुद्ध कारबाही गर्न सक्छ ।