२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ चुनिएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । उनले यसअघि पनि आर्मीको कप्तानी गरिसकेका छन् ।

यसअघि भलिबल संघले हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको थियो । गत सोमबार भएको सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका दौरान हरिहजुर दर्शकतर्फ आक्रोशित भएको र कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै संघले कारवाही स्वरुप उनको पद खोसिएको थियो ।

संघले शनिबार हरिहजुरलाई बर्खास्त गरेपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।यससँगै मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान बनेका छन् ।

मानबहादुर यसअघि पनि नेपाली टोलीको कप्तान थिए। उनले १३ औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय भलिबल टोलीको कप्तानी गरेका थिए । गत वर्ष उनकै कप्तानीमा काभा भलिबलमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए ।