४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्ग नेपालले भारत ‘ए’विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपाल पहिलो जितको खोजीमा रहेको छ । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो भने भारतले यूएईविरुद्ध ८ विकेटको जित निकालेको थियो ।

नेपालले समूह चरणको अन्तिम तथा प्रतियोगिताको तेस्रो खेल बिहीबार यूएईसँग खेल्नेछ ।