२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झाले धारणा राख्नुभएको थियो ।

आज पनि नेताले धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । बैठकमा पार्टीको सङ्गठन सुदृढीकरणका विषयमा तथा वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको जनाइएको छ ।

यसैगरी बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसङगठन युवा र विद्यार्थी र विभागको कामको व्यवस्थापनमा नेताले आफ्नो धारणा राखिरहेका प्रवक्ता खतिवडाले बताउनुभयो ।