१२ भाद्र २०८३, शुक्रबार
,
Latest
ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झाले धारणा राख्नुभएको थियो ।

आज पनि नेताले धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । बैठकमा पार्टीको सङ्गठन सुदृढीकरणका विषयमा तथा वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको जनाइएको छ ।

यसैगरी बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसङगठन युवा र विद्यार्थी र विभागको कामको व्यवस्थापनमा नेताले आफ्नो धारणा राखिरहेका प्रवक्ता खतिवडाले बताउनुभयो ।