१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन पूर्वराष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकार संग आग्रह गर्नुभएको छ ।

२१० औं भानु जन्मजयन्तीको अबसरमा शुभकामना व्यक्त गर्नुहुदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले आचार्यले नेपाली भाषा र साहित्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानलाई सम्मान गर्न उहाँको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारको ध्यान आकृष्ट गराउनु भएको हो ।

सन्देशका भनिएको छ “२१०औँ भानु जयन्तीको यस अवसरले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकास र विस्तार गर्न हामी सबै नेपालीहरूलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

सन्देशमा भनिएको छ  “आजभन्दा २१० वर्षअघि तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा जन्मिनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य आफ्नो समयका एक सचेत, जागरूक एवं प्रगतिशील व्यक्तित्व एवं उम्दा श्रष्टा हुनुहुन्थ्यो । उहाँले त्यस समयको समाजमा व्याप्त पछौटेपन एवं प्रशासनिक ढिलासुस्तीप्रति कविताको माध्यमबाट कटु व्यङ्ग्य गर्दै सामाजिक जागरणको पहल गर्नुभएको थियो । त्यसैगरी उहाँले संस्कृत भाषामा लेखिएको वाल्मिकी रामायणलाई सरल एवं काव्यिक मिठासले भरिपूर्ण नेपाली भाषामा उल्था गरेर नेपाली भाषाको विकास र विस्तारमा विशिष्ट योगदान गर्नु भएको छ । नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषी समुदायका बीचमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गरी वृहत् नेपाली राष्ट्रिय भावनाको विकास र विस्तारमा भानुभक्तीय रामायणको अद्वितीय योगदान रहेको छ ।”




भर्खरै