२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन पूर्वराष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकार संग आग्रह गर्नुभएको छ ।

२१० औं भानु जन्मजयन्तीको अबसरमा शुभकामना व्यक्त गर्नुहुदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले आचार्यले नेपाली भाषा र साहित्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानलाई सम्मान गर्न उहाँको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारको ध्यान आकृष्ट गराउनु भएको हो ।

सन्देशका भनिएको छ “२१०औँ भानु जयन्तीको यस अवसरले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकास र विस्तार गर्न हामी सबै नेपालीहरूलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

सन्देशमा भनिएको छ  “आजभन्दा २१० वर्षअघि तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा जन्मिनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य आफ्नो समयका एक सचेत, जागरूक एवं प्रगतिशील व्यक्तित्व एवं उम्दा श्रष्टा हुनुहुन्थ्यो । उहाँले त्यस समयको समाजमा व्याप्त पछौटेपन एवं प्रशासनिक ढिलासुस्तीप्रति कविताको माध्यमबाट कटु व्यङ्ग्य गर्दै सामाजिक जागरणको पहल गर्नुभएको थियो । त्यसैगरी उहाँले संस्कृत भाषामा लेखिएको वाल्मिकी रामायणलाई सरल एवं काव्यिक मिठासले भरिपूर्ण नेपाली भाषामा उल्था गरेर नेपाली भाषाको विकास र विस्तारमा विशिष्ट योगदान गर्नु भएको छ । नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषी समुदायका बीचमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गरी वृहत् नेपाली राष्ट्रिय भावनाको विकास र विस्तारमा भानुभक्तीय रामायणको अद्वितीय योगदान रहेको छ ।”