२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानसँग खेल्दै



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुनेछ । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । नेपाल भने रोहित पौडेलको कप्तानीमा मैदान उत्रदैछ ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले इमर्जिङ कपका लागि स्थान बनाएको हो । टेस्ट राष्ट्र पाकिस्तान भने स्वतः छनोट भएको हो ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।

६ टोली सहभागिता रहेको टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।