६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानसँग खेल्दै



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुनेछ । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । नेपाल भने रोहित पौडेलको कप्तानीमा मैदान उत्रदैछ ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले इमर्जिङ कपका लागि स्थान बनाएको हो । टेस्ट राष्ट्र पाकिस्तान भने स्वतः छनोट भएको हो ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।

६ टोली सहभागिता रहेको टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।