२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ ५:१५ बजेबाट सुरु हुनेछ।

नेपालले बंगलादेशसँगको यस मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । एसियन गेम्स आगामि सेप्टेम्बर(अक्टोबरमा चीनमा हुन लागेको छ ।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । नेपाली टिम त्यो हारको बदला लिने दाउमा छ।

महिला फुटबल टोली

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा ९कप्तान०, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर: अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अन्जली वाइबा

मिडफिल्डर: रेनुका नगरकोटी, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल