• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह ★   विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ

सिरहामा प्रहरी जवानलाई पाता कसेर कार्यालयमै यातना



धनुषा । जिल्ला प्रहरी कार्यायल सिरहामा प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरी निरीक्षक हेमन्त राईले पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो ।

गत मंगलबार बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक राईले जवान रायलाई यातना दिएको आरोप छ । राईले महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ८ फुलहट्टा घर भएका पीडित रायलाई पाता कसेर १२ घण्टासम्म यातना दिएको आरोप छ ।

ईन्सपेक्टर राईले बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिएको पीडितका भाइ रजनिस रायले बताए । उनले भने, ‘दाइलाई बढी टिउटी गराउनुहुन्थ्यो । त्यही विषयमा ईन्सपेक्टर राई समक्ष गुनासो गर्न जानुभएको थियो । उल्टै झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई पाता कसे । बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिए ।’

प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । उनले यो घटनाविरुद्ध उजुरी दर्ता गराउने तयारीमा रहेको बताए ।

सारवजनिक भिडियोमा प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको प्रष्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि उनलाई सम्झाई बुझाई गरेको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले बताए ।

तर, प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।