१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक

झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्रउा गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरुमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको बताउनु भयो ।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको बताउनु भयो । उहाँकाअनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउण्टेण्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको, २०७० देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसर मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हब्र्स प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेष्टमेण्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ । निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन् । निजमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन् । निजहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

निजउपर ६५ वटा जाहेरी परेको प्रहरीले बताएको छ । त्यस्तै पीडित वचत कर्ताहरु २ हजार ५ सय ३१ र जिम्मा निक्षेत्र २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ । निजहरुबाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षर सहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टि.भि.को परिचय पत्र बरामत भएको प्रहरीले बताएको छ ।