२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला लगातार चर्चामा छिन् । दीपिका एकातिर आफ्नो गर्भावस्थाका कारण चर्चामा छिन् भने अर्कातिर नाग अश्विनको फिल्म ‘कल्की २८९८एडी’ लाई लिएर पनि उनी निकै चर्चामा छिन् । प्रभासको मुख्य भूमिका रहेको ‘कल्कि २८९८ एडी’ जुन २७ मा हलमा रिलिज हुँदैछ ।

यस फिल्ममा अमिताभ बच्चन, कमल हसन र दिशा पटानी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसैबीच, यो आगामी ठूलो बजेटको फिल्मको प्रि-रिलिज कार्यक्रम मुम्बईमा आयोजित गरिएको थियो । कार्यक्रममा दीपिका आफ्नो बेबी बम्प फ्ल्यान्ट गरिरहेकी थिइन्। दीपिकाले कालो हल्टर नेक स्किनी ड्रेस लगाएकी थिइन्, जसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

यस फिल्ममा दीपिका पादुकोण आमाको भूमिकामा छिन् । यसअघि पनि उनी रणवीर र शाहरुख खानको फिल्म ब्रह्मास्त्र र जवानमा आमाको भूमिकामा देखिएकी थिइन् ।

मुम्बईमा कल्की २८९८ एडी प्रि-रिलिज कार्यक्रममा, अभिनेता राणा दग्गुबातीले दीपिकाको गर्भावस्थामा उनको बेबी बम्प तर्फ औंल्याए। राणा दग्गुबातीले दीपिकालाई उनको गर्भावस्थाको बारेमा जिस्काउँदै भने –’फिल्म पछि पनि आफ्नो चरित्रमा रहने निर्णय गर्नुभएको छ?’ यो कुरामा दीपिकाले हाँस्दै भनिन्, ‘हो, यो फिल्म बनाउन तीन वर्ष लाग्यो, त्यसैले बेबी बम्पलाई अझै केही महिना बोक्न नपरोस् भन्ने सोचेको छु ।’

त्यसपछि दीपिकाले प्रभासतर्फ ईसारा गर्दै भनिन्, ‘प्रभासका कारण पेट यस्तो देखिएको हो किनभने उनले सेटमा मलाई केही न केही खुवाउने गर्थे ।’