• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग ★   धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता ★   दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण ★   मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु ★   मन्त्रीले सांसद पर्खनुपर्दा…

पशुपतिनाथको भेटी चोरीको कसुरमा पाँच जना जेल चलान



काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पक्राउ परेका ६ जनामा पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने र एक जनालाई धरौटीमा छोड्न आदेश गरेका हुन् ।

पक्राउ परेका ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।

अदालतको आदेशसँगै पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका छन् । यस्तै, सत्यनारायण जोशी ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।