२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालकसहित ४ जनालाई पक्राउ गरेको छ ।

बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार रहेको आरोपमा प्रहरीले तनहुँ नेपाली कांग्रेसका नेता तेज विक्रम थापासहितका सञ्चालकलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध महाशाखाको टोलीले आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ ।

सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।