२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा प्रहरी जवानलाई पाता कसेर कार्यालयमै यातना



अ+ अ-

धनुषा । जिल्ला प्रहरी कार्यायल सिरहामा प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरी निरीक्षक हेमन्त राईले पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो ।

गत मंगलबार बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक राईले जवान रायलाई यातना दिएको आरोप छ । राईले महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ८ फुलहट्टा घर भएका पीडित रायलाई पाता कसेर १२ घण्टासम्म यातना दिएको आरोप छ ।

ईन्सपेक्टर राईले बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिएको पीडितका भाइ रजनिस रायले बताए । उनले भने, ‘दाइलाई बढी टिउटी गराउनुहुन्थ्यो । त्यही विषयमा ईन्सपेक्टर राई समक्ष गुनासो गर्न जानुभएको थियो । उल्टै झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई पाता कसे । बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिए ।’

प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । उनले यो घटनाविरुद्ध उजुरी दर्ता गराउने तयारीमा रहेको बताए ।

सारवजनिक भिडियोमा प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको प्रष्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि उनलाई सम्झाई बुझाई गरेको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले बताए ।

तर, प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।




भर्खरै