२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण पाकिस्तानले एकदिवसीय विश्वकप बहिस्कार गर्न सक्दैन



अ+ अ-

एजेन्सी । पाकिस्तानले बारम्बार भारतमा आयोजना हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने धम्की दिइरहेको छ । आइतबार पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले विश्वकप बहिष्कार गर्ने धम्की दिएका थिए ।

उनले भने– ‘म चाहन्छु कि भारतले एसिया कपको खेल तटस्थ स्थानमा खेल्ने माग त्यागेस्, अन्यथा हामी पनि विश्वकप खेल्न भारत जानेछैनौँ ।’

यद्यपि, सबै कारकहरूले पाकिस्तानलाई एकदिवसीय विश्वकप बहिष्कार गर्न सम्भव नहुने संकेत गरिरहेका छन् ।

आईसीसी र बीसीसीआईस्रोतका अनुसार भारत, इङ्ल्यान्ड र अष्ट्रेलियाबाहेक अन्य देशका क्रिकेट बोर्डहरू आइसीसीबाट प्राप्त रकममा निर्भर छन् । आईसीसीको अधिकांश आम्दानी विश्वकप र च्याम्पियन्स ट्रफीजस्ता प्रतियोगिताबाट आउँछ । यो कोष आईसीसीले सबै बोर्डहरूलाई वितरण गर्छ ।

पाकिस्तान क्रिकेट पनि यही कोषमा निर्भर छ । आईसीसीले भारत, इङ्ल्यान्ड र अष्ट्रेलियापछि सबैभन्दा धेरै पैसा पाकिस्तानलाई दिन्छ, जुन काउन्सिलको कुल आम्दानीको ५ प्रतिशत हो । आईसीसी कोषबाट प्राप्त रकम पाकिस्तान बोर्डको कुल आम्दानीको ५० प्रतिशत रहेको छ ।

विश्वकप बहिष्कारले पाकिस्तानमा के असर पर्छ ?
१. आईसीसीबाट प्राप्त रकम रोकिनेछः पीसीबी कमजोर हुनेछ भने विश्वकप बहिष्कार गरेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट पाकिस्तान क्रिकेट बोर्डलाई प्राप्त रकम रोक्का हुन सक्छ । पीसीबीको कुल आम्दानीको ५० प्रतिशत यो कोषबाट आउँछ । आईसीसीको वितरण योजना अनुसार पाकिस्तान बोर्डले आगामी ४ वर्षमा २८३ करोड रुपैयाँ पाउने छ । यति ठूलो रकम फँसेपछि पाक बोर्डको हरेक गतिविधि रोकिनेछ ।

२. क्रिकेट जगतबाट अलग हुनेछः बहिष्कारको स्थितिमा, पाकिस्तान क्रिकेट जगतबाट अलग हुनेछ । किनभने विश्व कप, च्याम्पियन्स ट्रफी र एसिया कप जस्ता प्रतियोगिताले मात्र पाकिस्तानलाई विश्व क्रिकेट समुदायसँग जोड्दछ । सन् २००९ मा श्रीलंकाको टोलीमाथि भएको आतंकवादी हमलापछि प्रमुख क्रिकेट टोलीहरु पाकिस्तानमा खेल्न छाडे । गत वर्षदेखि अष्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका र इङ्ल्यान्डले पाकिस्तानमा क्रिकेट खेल्न थाले पनि अन्य देशको तुलनामा पाकिस्तानमा कम क्रिकेट हुने गरेको छ । विश्वकपजस्ता प्रतियोगिता बहिष्कार गरेमा पाकिस्तान एक्लोपनमा जान सक्छ ।

३. प्रतिबन्ध समेत लाग्न सक्छः विश्वकप नखेल्ने अवस्थामा आईसीसीले पाकिस्तान क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाउन सक्छ । सबै टोलीका लागि आईसीसी इभेन्टमा भाग लिनु अनिवार्य भएकोले पाकिस्तानमाथि यो प्रतिबन्ध अनुशासनात्मक कारबाही अन्तर्गत लगाउन सकिन्छ ।

४. च्याम्पियन्स ट्रफीको आयोजना समस्यामा पर्नेछः विश्वकपबाट बाहिरिएमा सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खतरामा पर्नेछ, किनभने त्यस अवस्थामा भारत पनि च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जानेछैन । कुनै पनि आईसीसीको कार्यक्रमको सफल आयोजना भारत बिना सम्भव छैन किनभने, आईसीसी इभेन्ट्सका ८० प्रतिशत राजस्व भारतीय दर्शकहरूबाट आउँछ । यस्तो अवस्थामा आईसीसीले पाकिस्तानबाट च्याम्पियन्स ट्रफीको आयोजना खोस्न सक्छ । पाकिस्तानले २९ वर्षपछि आईसीसी प्रतियोगिता आयोजना गर्न पाएको छ ।

 




भर्खरै