काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका राउतलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।
काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि राउत त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।