१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना
अ अ+ अ-

लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ ।

विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । मस्र्याङ्दी नदी नजिकै यो झरना रहेको छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना डुम्रे–बँेसीसहर सडक नजिकै पर्छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक तीन सयजतिा पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनामा हुन्छन् ।

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन् । झरनामा आएका आन्तरिक पर्यटक आदेश श्रेष्ठले भन्नुभयो, “छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिँदा मन फुरुङ्ग हुन्छ, सङ्लो पानी झर्झर् झर्दै झरिरहेको यस झरना मा पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ ।”

झरनाको शीतलतासँगै सेल्फी खिच्दा रमाइलो हुने बेँसीसहर नगरपालिका वडा नं ८ शेराफाँटबाट आएका आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताउनुभयो । आफू मात्र नभई साथीहरुसँग झरना हेर्न, दिन कटाउन र झरनाको मज्जा लिन आउने गरेको उहाँको भनाइ छ ।

अन्य ठाउँकोभन्दा यस ठाउँमा पौडी खेल्न मन लागेकाले झरनामा आएको तनहुँबाट आएका अर्का पर्यटक योगेश घिमिरेले बताउनुभयो । झरनासँग रमाउँदा दिन बितेको पत्तो नै नहुने उहाँको भनाइ छ । यस झरनामा बालबालिकादेखि युवायुवतीको भीड बढी हुन्छ । यस झरनामा यतिबेला बर्खाको समयमा समेत पर्यटकको भीड लागिराखेकाले झरना नजिकै विभिन्न सानासाना पसलसमेत सञ्चालन हुन थालेका छन् ।

स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ । यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेका छौँ ।” झरनालाई व्यवस्थित गर्न र पर्यटकको आकर्षणस्थल बनाउनका लागि निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यस मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर आइरहने बनाउने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङ स्थल बनाइने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा र्‍याफ्टिङसमेत सञ्चालन गरिने उहाँ बताउनुहुन्छ ।

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ । यस गाईखुरे झरनाबाहेक चक्रिय अन्नपूर्ण पदमार्गको छेउमै पर्ने मस्र्याङ्दी गाउँपालिकास्थित हामफाले ९भुलभुले० झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन आकर्षित गरेको छ । यस झरनामा समेत जिल्लाका बेँसीसहर, खुदी, चनौटेलगायत दर्जनौँ स्थानबाट मात्र नभई विभिन्न जिल्लाबाट समेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका स्थानीयको भनाइ छ ।

केही वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकका लागि उपयुक्त गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाकै वडा नं ४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौँ युवायुवती पुग्ने गरेको स्थानीयको भनाइ छ । यतिबेला बर्खायामको बेलामा समेत उक्त झरनामा पर्यटकको भीड बढ्दै गएको छ । रासस