१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

ढोरपाटन पुग्नै सकस

ढोरपाटन पुग्नै सकस
अ अ+ अ-

काठमाडौँ । चारैतिर हरियाली पहाड, बीचमा समथर भू–भाग । राता, सेता, पहँेला र निला रङ्गका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यति बेला निकै मनमोहक देखिन्छ । कतिबेला पानी पर्ने, कति बेला घाम लाग्ने, यहाँको विशेषता हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनले यति बेला आगन्तुकलाई पर्खि रहेको छ ।

सदाबहार सुन्दर देखिने ढोरपाटनले यो याममा आगन्तुकलाई बढी लोभ्याउने गर्छ । समथर मैदानमा कुद्ने घोडा, खच्चड र गाईभैँसीको बगालले झनै मोहित बनाउँछ । टाढैबाट पनि आकर्षक देखिने ढोरपाटन उपत्यकामा यति बेला घुम्न आउनेको सङ्ख्या हवात्तै बढेको छ । तर यहाँ पर्याप्त सडक सुविधा भने छैन । त्यसैले सबै ढोरपाटन पुग्न सक्दैनन् । सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा ढोरपाटन पुग्न सक्दैनन् ।

राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्र्याक खुलेको एक दशक बितेको छ । अहिलेसम्म स्तरोन्नति हुन नसक्दा पर्यटकले सास्ती खेप्नु परेको छ । सडक स्तरोन्नतिका लागि बजेट विनियोजन नभएर होइन, निर्माण कम्पनीले समयमा काम नगर्दा यात्रा गर्न कठिन हुने गरेको हो ।

ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक राम्रै भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेका छन् । केही दिनदेखिको वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न कठिन भएको गुल्मीको शान्तिपुरबाट यहाँ घुम्न आउनु भएका किशोर क्षेत्रीले बताउनुभयो । निसेलढोरसम्म पुग्ने योजना बनाएर साथीसँग आउनु भएका क्षेत्रीले फल्लेघरको माथिल्लो घुम्तीबाटै बुर्तिबाङ फर्किनु परेको सुनाउनुभयो ।

“बसाइँ बुटवलतिर छ, बर्खे बिदामा गाउँ आएको बेला ढोरपाटन घुम्न आएका थियौँ, बुर्तिबाङभन्दा माथिसम्म त बाटो सजिलो रैछ, त्यसभन्दा माथि त निकै गाह्रो रहेछ, सडक अप्ठ्यारो हुँदा ढोरपाटन पुग्न सकिएन”, क्षेत्रीले भन्नुभयो– “ढोरपाटन घुम्ने चाहना पूरा भएन ।”

सडकले तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयलेसमेत सहज रुपमा यात्रा गर्न पाएका छैनन् । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउसहित लेकबेँसी गर्न सकस भएको स्थानीय वीरबहादुर सुनारले बताउनुभयो । हिउँदमा साना गाडी जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उहाँको भनाइ छ । साँघुरो सडक हुँदा बेला बेलामा दुर्घटनासमेत हुने गरेकाले यसतर्फ सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उहाँले बताउनुभयो ।

“सडकका कारण ढोरपाटन घुम्न आउनेलाई सकस हुन्छ”, सुनारले भन्नुभयो–“गाडी बाटोमै बिग्रिदा कति त बाटैबाट फर्किन्छन्”, उहाँले भन्नुभयो ।

विसं २०७१ मा सो सडकको ट्र्याक खुलेको हो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर लामो सडक छ । सालझण्डीदेखि ढोरपाटनसम्मको लम्बाइ एक सय ९७ किलोमिटर रहेको छ । विसं २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि दुई वर्ष अगाडि सम्झौता भएको थियो ।

हालसम्म २८ प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इञ्जीनियर सरोज आचार्यले जानकारी दिनुभयो । बुर्तिबाङदेखि फल्लेघरसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द/ओमबुद्ध जेभीसँग ३० महिनामा काम सक्ने गरी रु २५ करोडमा सम्झौता भएको आचार्यले बताउनुभयो । स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिए पनि निर्माण कम्पनीले ढिला सुस्ती गरिरहेको उहाँ बताउनुहुन्छ ।

गङ्गरेदेखि बुर्तिबाङसम्म पनि काम भइरहेको आचार्यले बताउनुभयो । सो खण्डमा कच्ची नाली निर्माण गर्ने काम भइरहेको छ । “कामले गति लिन सकेको छैन, अहिले पर्खाल लगाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक पर्छ । उक्त यस सडकका लागि यसवर्ष रु ४० करोड विनियोजन भएको थियो । ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले ढोरपाटन प्राकृतिक रुपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नु परेको बताउनुभयो । रासस